
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । मोरङ बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् ।
बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन् । उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि द्र्व्यवहार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij