Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । वाइफाइको तार बेर्ने क्रममा करेन्ट लागेर एक युवतिको मृत्यु भएको छ । लक्ष्मिनिया गाउँपालिका-२ सिंगरजोडा बस्ने ३० वर्षीया रिना देवी दासको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको वाइफाइको तार भुईँमा लत्रेको कारण उक्त तार घर नजिकै रहेको ट्रान्सफर्मर जडान भएको पोलमा बेर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij