Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

गाडी चालकलाई 'डीएसपी हुँ' भन्दै अपशब्द बोल्ने पक्राउ

गाडी चालकलाई 'डीएसपी हुँ' भन्दै अपशब्द बोल्ने पक्राउ

  • काठमाडौं । प्रहरीको 'डीएसपी हुँ' भन्दै सार्वजनिक स्थलमा धम्क्याउँदै हिँड्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको लाजिम्पाट सडक खण्डमा कार चालकलाई रोकेर प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द बोल्ने काठमाडौंको चुनादेवी बस्ने ५२ वर्षीय प्रविन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    रातीको समयमा कार चलाउँदै गरेका एकजना युवालाई रोकेर अपशब्द बोलेको भीडीयो सार्वजनिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भीडीयोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पक्राउ गरी कारवाही गर्न प्रहरीलाई आग्रह गरेका थिए ।त्यसपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ परेका श्रेष्ठ नेपाल प्रहरीको प्रहरी कर्मचारी (बहालवाला र अवकाश प्राप्त) नभएको नेपाल प्रहरीले  जनाएको छ । उनीविरुद्ध थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij