Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

  • काठमाडौं । धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । प्रहरीले धरान उपमहानगरपालिका-११ कविर्ताचोक २८ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

     ४६ वर्षीया आमा रमनश्वरी राईको हत्या गरेको आरोपमा राईलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए । दीपकले मादक पदार्थ सेवन गरेर आमालाई कञ्चटमा प्रहार गरेको रेग्मीले बताए ।

    images

    ‘कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन्, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो,’ रेग्मीले भने ।

    उनीहरूको पारिवारिक झगडा के हो भन्ने’ प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘अहिले हत्या गरेका छोरालाई हामीले हिरासतमा राखेर अनुसन्धान थालेका छौं,’ रेग्मीले भने, ‘के चिजले कञ्चटमा प्रहार गरेको स्पष्ट खुलिसकेको छैन ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij