Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

पशुपतिमा गरियो शालिनको अन्त्येष्टि

पशुपतिमा गरियो शालिनको अन्त्येष्टि

  • काठमाडौं । काठमाडौंस्थित पशुपति आर्यघाटमा चितवनस्थित शिशु निकेतन स्कुलको छात्रवासमा मृत भेटिएकी बालिका शालीन पोखरेलको अन्त्येष्टि गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    मृतकका बुवाले १४ वर्षीया छोरी शालीनको पार्थिव शरीरमा दागबत्ती दिएका थिए । उनको अन्तिम संस्कारमा आर्यघाटमा आफन्तसहित शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो । त्यहाँ उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गरेका थिए ।No description available.

    AGNI GROUP
    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । चितवनमा पोष्टमार्टम नगरी उनका बुवाले शालीनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं ल्याएका थिए ।No description available.

    आफन्तले शालीनको बलात्कारपछि हत्या भएको दाबी गरिरहँदा पोष्टमार्टम रिपोर्टमा भने झुन्डिएर आत्महत्या भएको उल्लेख छ । उनको हत्या भएको किटानी जाहेरीका आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।No description available.

    पक्राउ गरिएका रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेललाई चितवन अदालतले सोमबार थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको समय दिएको छ ।

    घटनास्थलमा भेटिएको सुसाइड नोट परीक्षणका लागि प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट