
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । तनहुँ जिल्लाको भानु नगरपालिका-९ बडहरेका १३ वर्षीय पर्वत सुनारले मोबाइल चलाउन नपाउँदा आत्महत्या गरेका छन् । उनी मोबाइल धेरै चलाउने गरेको र उनको आमाले मोबाइल चलाउन नदिएपछि गएराति घरमै झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
‘बालकले आत्महत्या गरेको खबर आएपछि हामी घटनास्थलमा आएका छौं, घटनाबारे बुझ्दै छौं,’ एक प्रहरीले भने ‘घटनाको थप अनुसन्धान भइरहेको छ, थप कुरा पोष्टमार्टम पछि मात्रै थाहा हुन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij