
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । सुटुक्क कैलालीकाे बेहडाबाबा मन्दिरमा पूर्वयुवराज पारस शाह दर्शनका लागि पुगेका छन् । साेमबार धनगढी पुगेका उनी मंगलबार बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेका हुन् ।
शाह मन्दिरमा आफ्ना केही समर्थकका साथ पुगेका छन् । झण्डै ४ घण्टा समर्थकका साथ बेहडाबाबामा बिताएका शाह अहिले धनगढीस्थित रुवस हाेटेलमा बसिरहेका छन् ।
शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको उनका समर्थक रवीन्द्र कार्कीले बताए । उनी झण्डै एक साता सुदूरपश्चिममै रहने बताइएकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij