
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । काठमाडौँको पशुपति क्षेत्रको जंगलमा १९ वर्षीया युवतीको शव भेटिएको छ । सिन्धुली कमलामाई नगरपालिका- १ घर भई हाल कपनमा बस्दै आएकी १९ वर्षीया सुस्मिता थापाको शव पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थेवेले बताए । ‘प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जस्तो देखिन्छ । हामी थप अनुसन्धानकै क्रममा छौँ,’ थेवेले भने ।
उनी दुई दिनअघिदेखि घरबाट हराएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij