
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका-२६ रानीबारीमा चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो ।
चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij