Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

जलेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु

जलेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु

  • काठमाडौं । बाख्रा चराउन जंगल गएका बेला जलेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

    images
    images
    images

    कालिकोट खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते १२ वर्षीया हेमन्ती चौलागाईंको सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    images

    शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा उनी आफ्नो बुवा ५० वर्षीय नन्दराम चौलागाईंसहित जलेर घाइते भएकी थिइन् ।

    हेमन्तीको आइतबार दिउँसो मृत्यु भएको र बुवा नन्दरामको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रदेश अस्पतालका डा.केएन पौडेलले जानकारी दिए ।

    सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु वनमा एक्कासी आगो लागेपछि निभाउन लागेका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij