काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार चन्द्रगिरी नगरपालिका-४ गोदामस्थित पोखरीमा सोही ठाउँ बस्ने ५० वर्षीय मंगलबहादुर तामाङ मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।