Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

  • काठमाडौं । पाँचथरमा एकजना प्रहरी सहायक हवल्दारको चट्याङ लागेर मृत्यु भएको छ । मंगलबार राति प्रहरी चौकीमा परेको चट्याङ लागेर प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको हो । 

    images
    images
    images

    ढोकामा उभिएका बेला परेको चट्याङ लागेर घाइते भएका उनलाई  उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार लगिएको थियो । त्यहाँबाट राति नै थप उपचारका लागि जिल्ला अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । 

    images

    गस्तीमा रहेका बेलामा हावाहुरीसहित पानी परेपछि चौकी फर्किर ढोकामा उभिएका बेला उनीलाई चट्याङ लागेको हो ।  मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij