Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

हँसिया प्रहारबाट श्रीमानले गरे श्रीमतीको हत्या

हँसिया प्रहारबाट श्रीमानले गरे श्रीमतीको हत्या

  • काठमाडौं । रौतहटमा सामान्य विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

    images
    images
    images

    घाँस काट्ने विषयमा विवाद हुँदा ४० वर्षीय तीर्थ वाइबाले ३५ वर्षीया श्रीमती सोतीमाया वाइबाको हत्या(murder) गरेका हुन् । वृन्दावन नगरपालिका-१ का वाइवाले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

    images

    घाँस काट्ने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भएको थियो । एक आपसमा गालीगलोज सुरु हुन थालेपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट सोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेका थिए । तीर्थले आफ्नै घाँटीमा हँसियाले रेटेको अबस्थामा नियन्त्रणमा लिएको छ । तीर्थले घटनाका बेला मादक पदार्थ सेवन(Drunk) गरेको प्रहरीको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij