
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका १८ वर्षीय दिवस रोकाया मृत भेटिएका छन् ।
बेपत्ता भएको चार दिनपछि बुधबार बिहान कालीखोलास्थित त्रिशुली किनारामा रोकाया मृत फेला परेको प्रहरीले जनाएको छ । गत शनिबार काठमाडौंबाट फर्किदैँ गरेको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक दुर्घटना भएको थियो ।
घटनामा चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अञ्जना रोकाया, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij