Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । नेपालमा विद्युतीय चुरोट (इ-सिगरेट) माथि प्रतिबन्ध लगाइने भएको छ । विद्युतीय चुरोटको आयात, बिक्री वितरण र उपभोगमा प्रतिबन्ध लगाइने बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्तबहादुर केसीले जानकारी दिए ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानको नेपालमा सुर्तीजन्य पदार्थको सामाजिक आर्थिक र नीतिगत राष्ट्रिय सर्वेक्षण सार्वजनिक कार्यक्रममा स्वास्थ्य प्रवद्र्धन सुर्तिजन्य पदार्थ नियमन शाखाका प्रमुखसमेत रहेका केसीले नेपालमा विद्युतिय चुरोट प्रतिबन्ध गर्ने तयारी मन्त्रालयबाट स्विकृत भइसकेको बताए । ‘ नेपालमा इ-सिगरेट प्रतिबन्ध गर्ने तयारी मन्त्रालयबाट स्विकृत लिइसकि आवश्यक पूर्व तयारीको चरणमा छ’ उनले भने ।
उनले विद्युतीय चुरोट प्रतिबन्ध लगाउन प्रयास भएतापनि निजी संस्थाले नियम, कानुन, ऐनसम्मत नभएको भन्दै मुद्दा दायरा भएको हुँदा यसमा ठोस कदम चाल्न नसकिएको बताउँदै अहिले भने सो मुद्दामा अदालतले सफाइ दिएको र निर्देशिका कार्यान्वयनमा जान बाटो खुलेको जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij