
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका दुई जना लाई पक्राउ गरेको छ । बारा परबानीपुर गाउँपालिका–४ चैनपुर बिर्ता टोल बस्ने २१ बर्षीय बली साह सोनार र सोही स्थानका २५ बर्षिय रामनिवाश राउत भेडियरलाई प्रहरीले प्रक्राउ गरेको हो ।
उनीहरुले आफ्नै टोलबाट ना ६५ प ६६५६ नम्बरको मोटरसाईकल चोरी गरी भागेका थिए । अनुसन्धानको क्रममा सोही गाउँपालिका–५ गण्डक नहर स्थित हुलाकी राजमार्ग सडक खण्डमा चोरी भएको मोटरसाईकलसहित दुबै जनालाई फेला पारी पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
दुबै जनालाई चोरी मुद्दामा अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको न्यौपानेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij