Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

पेस्तोल र गोलीसहित एक जना पक्राउ

पेस्तोल र गोलीसहित एक जना पक्राउ

  • काठमाडौं । आइतबार साँझ प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुम गाउँपालिका-१ घर बताउने ३७ वर्षीय सुमन परियार रहेका छन् ।

    images
    images
    images

    उनलाई षडानन्द नगरपालिका-९ स्थित जंगलबाट पेस्तोल १ थान, गोली ११ राउण्ड, म्यागजिन १ थान, सुन जस्तो देखिने पहेँलो धातुको गहना मारवाडी २ थान, सिक्री १ थान, बेरुवा औँठी १ थान र नगद ९ हजार ५० रुपैयाँसहित पक्राउ गरिएको हो ।

    images

    परियारले स्थानीयलाई पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij