
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । आइतबार बिहान इरानको आक्रमणबाट इजरायलमा १६ जना घाइते भएका छन् ।
इजरायली आपत्कालीन सेवा ‘मैगन डेविड एडोम’ले इरानबाट भएको हवाई आक्रमणमा १६ जना घाइते भएका र उनीहरूको उपचार भइरहेको जनाएको छ ।
इजरायली प्रहरीका अनुसार इरानी आक्रमण पछि तेल अभिवमा रहेको एक भवनमा क्षति पुगेको छ । उक्त क्षतिग्रस्त भवनबाट ६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । ती ६ जनालाई पनि सामान्य चोट लागेको जनाइएको छ ।
प्रहरीका अनुसार अहिले पनि भवनहरू भित्र फसेका मानिसहरूको खोज तथा उद्धार कार्य जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij