Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

लागूऔषध

खैरो हेरोइन सहित २ जना पक्राउ

खैरो हेरोइन सहित २ जना पक्राउ

  • काठमाडौं । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारी साधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    images

    प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१–०३० च ७७९३ नम्बरको को नेटा कम्पनीको नीलो रङको कारको चालक बस्ने सिटमुनि लुकाएको अवस्थामा खैरो हिरोइन ४७ दशमलव ६९ ग्राम खैरो हिरोइन बरामद गरेको हो ।

    उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका– ७ बस्ने २२ वर्षीय रोजिना रानामगर रहेका छन् । 

    पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij