Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

  • काठमाडौं । लुम्बिनी प्रदेशकी समानुपातिक सांसद तथा जनमत पार्टीकी नेतृ सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । अदालतले जेठ १६ गते नै पक्राउ आदेश जारी गरेको भए पनि उनी हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    सांसद रायमाझीमाथि जनमत पार्टीकी अर्की नेतृ आशाकुमारी चौहानले पाँच लाख पचास हजार रुपैयाँ सापटी लिएर दिएको चेक बाउन्स भएको भन्दै उजुरी दिएकी थिइन् । चौहानले दिएको जानकारीअनुसार चेक साट्न जाँदा खातामा रकम नभएको पुष्टि भएपछि उनले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेकी थिइन् ।

    images

    प्रहरीका अनुसार अदालतको आदेशमा असार ३ गते सांसद रायमाझीको स्थायी ठेगाना बर्दियामा खानीतलासी गरी पक्राउ गर्न बर्दिया प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ । तर, बर्दिया प्रहरीले अहिलेसम्म पत्र नपुगेको जनाएको छ ।

    सांसदको हैसियतमा रहेका व्यक्तिले बैंकिङ प्रणालीको दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि सुरु भएको छ । यता जनमत पार्टीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij