
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । रुपन्देहीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण रुपन्देहीका अनुसार बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बिओपी मझगाँवा, रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरको कमान्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका–६ स्थित दुर्गाालियाबाट अवैध सामान बरामद गरेको हो । अन्दाजी १ लाख ५२ हजार ३ सय २० रुपैयाँ बराबरको चिनी ६ सय केजी, प्याज २०२३ केजी र मटर दाल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी दुर्गाबहादुर थापाको कमान्डमा खटिएको सीमा अनुगमन टोलीले विभिन्न स्थानबाट अन्दाजी मूल्य २ लाख २९ हजार ९ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ । ती समानहरू प्रहरीले भन्सार भैरहवा कार्यालय, पठाएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij