Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

गोकर्णेश्वरबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ

गोकर्णेश्वरबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ

  • काठमाडौं । पेस्तोल र गोलीसहित काठमाडौंको गोकर्णेश्वरबाट एकजना पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीस्थित पहेंलो पुलबाट सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित सोही नगरपालिका–६ नयाँवस्ती बस्ने काभ्रेपलान्चोक रोसी गाउँपालिका–५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई प्रहरीले पक्राउ परेका हुन् ।

    images

    प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले बा.१८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार उनलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij