Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

बुवाद्धारा छोरीको हत्या

बुवाद्धारा छोरीको हत्या

  • काठमाडौं । बुटवलमा फलामे रड प्रहार गरी बुवाले आफ्नै छोरीको हत्या गरेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवा घर भएका ४८ वर्षीय नारायणबहादुर जिसीले आफ्नै १७ वर्षीया छोरी अन्जलीको हत्या गरेका हुन् ।

    images
    images
    images

    उनले बुटवल उपमहानगरपालिका–९ इटाभट्टीस्थित  एक होटेलमा बुधबार साँझ छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।साथीलाई भेटन हिँडेकी छोरी साँझसम्म घर ​नफर्केपछि नारायण छोरी खोज्न बुटवल आएका थिए ।

    images

    बुटवलमा छोरी भेटेपछि उनीहरू होटेलमा बसेको प्रहरीले जनाएको छ । बाबु नारायणको प्रारम्भिक बयानअनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन् ।

    बुवा नारायणले घर जाऊ भन्दा छोरीले नमानेपछि रिसको झोंकमा रड प्रहार गरी हत्या गरेको बुवाले स्वीकारको प्रहरीले जनाएको छ । होटलमा छोरीको हत्यागरी भागेका उनलाई प्रहरीले बिहीबार दिउँसो कञ्चन गाउपालिका–४ थकाली चोकबाट नियन्त्रणमा लिएको रूपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भटटले जानकारी दिए ।

    उनका अनुसार अञ्जली हरैया माध्यमिक विद्यालयको कक्षा ११ मा अध्यनरत थिइन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij