
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । बारामा चर्को अवाजमा डिजे बजाउने दुई जना लाई प्रहरीले पक्राउ गरेको छ । बाराको कलैया उप–महानगरपालिका बजार एरियामा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउदै रहेको अवस्थामा बजरंग डि.जे. बडकी फुलबरीयाका बैण्ड सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका-१० बस्ने अन्दाजी २५ वर्षीय नागिन्द्र राय भट्ट र देवताल गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ५० वर्षीय जयराम सिंह रहेको बाराका प्रहरी प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
दुई जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रब्क्ता न्यौपानेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij