Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

बैकिङ्ग कसुरमा फरार करुणा पक्राउ

बैकिङ्ग कसुरमा फरार करुणा पक्राउ

  • काठमाडौं । बैकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय कोहलपूर बाँकेले कहोलपूर नगरपालीका-११ वस्ने करुणा शाहीलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    उनलाई बाँकेको बानियाभारबाट (माईतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ । ईलाका प्रहरी कार्यलयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुनेक्रममा रहेको जानकारी दिएका छन् । 

    images

    केहि समय अगाडी बैकिङ्ग कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुन बहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी वृत सातदोवाटो ललितपुरबाट पक्राउ गरि कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्याइएको थियो ।  

    त्यसपछि गत फाल्गुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij