
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । लुलु गाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले लुलु गाई हत्या आरोपमा निजहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।उनका अनुसार डोल्पाको काकोट गाउँपालिका–९ का ५० वर्षीय धोर्जे गुरूङ, गोरखाको आरूघाट गाउँपालिका–१ का ३५ वर्षीय सोमबहादुर गुरूङ र ५८ वर्षीय माहिला गुरूङलाई नियन्त्रणमा लिइएको छ । उनीहरू ङिस्याङमा ज्याला मजदुरी गर्दै आएका छन् ।
उनीहरूले आइतबार साँझ डिस्याङ–६ माथिल्लो मनाङमा ढुक्टा गुरूङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरूङको घरमा लगेर मासु खाने प्रयोजनका लागि हत्या गरेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
उनले भने, “जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक कारबाही गरिनेछ ।”
लुलुगाई लोपोन्मुख अवस्थामा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij