Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

भक्तपुरको प्लाइ कारखानामा आगलागी, दुई जना घाइते

भक्तपुरको प्लाइ कारखानामा आगलागी, दुई जना घाइते

  • काठमाडौं1640582655_death-1.jpg

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट मोडमा रहेको ज्योति प्लाइ कार्पेट कारखानामा आगलागी भएको छ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार गए राति आगलागी हुँदा कारखानामा रहेका दुई जना घाइते भएका छन्।

    images

    भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ४ बजे आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    आगो निभाउने क्रममा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ घर भई हाल दुवाकोट बस्ने २३ वर्षीय बुद्ध नारायण श्रेष्ठ सामान्य घाइते छन्। 

    त्यस्तै भारतको बंगाल घर भई सोही ठाउँमा काम गर्ने २९ वर्षीय मनु उर्वा गम्भीर घाइते छन्। 

    images

    उनलाई ईवामुरा अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि कीर्तिपुर अस्पतालमा लगिएको छ। डिएसपी कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानबाट करिब एक करोड ८० लाख बराबरको क्षति भएको हो। 

    घटनास्थलमा प्रहरी वृत थिमि भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको टोलीले अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij