Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

हनुमन्ते खोलाको बहाव परिवर्तन गरी ड्राइभिङ सेन्टर सञ्चालन, पुल नै जोखिममा

हनुमन्ते खोलाको बहाव परिवर्तन गरी ड्राइभिङ सेन्टर सञ्चालन, पुल नै जोखिममा

  • अरनिको राजमार्गअन्तर्गत हनुमन्ते खोलाको पानी बग्ने रिभर कोर्स अतिक्रमण गरेर निजी ड्राइभिङ सेन्टर सञ्चालन भएको पाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    भक्तपुरको हनुमन्ते खोलामा बनेको पुलको दायाँ किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी सुनकोशी ड्राइभिङ ट्रेनिङ सेन्टर सञ्चालन हुँदै आएको हो ।

    AGNI GROUP

    हनुमन्ते खोला पुलको एउटा स्पान नै कभर हुने गरी पानी बग्ने रिभर कोर्स अतिक्रमण भएको पाइएको छ ।

    अतिक्रमित निर्माणका कारण पानीको बहाव परिवर्तन गरी पूर्वपट्टिको किनारलाई गम्भीर क्षति पुगेर पुलको संरचना नै जोखिममा परेको हो ।

    राष्ट्रिय सतर्कता केन्द्रले उक्त पुलको प्राविधिक परीक्षण गर्दा उक्त अतिक्रमणका कारण पुल नै जोखिमपूर्ण अवस्थामा रहेको पाइएको हो ।

    खोलाको पानी बग्ने रिभर कोर्स अतिक्रमण गरेर ड्राइभिङ सेन्टर सञ्चालन हुनुका साथै दर्जनौं कच्ची र पक्की घरहरू निर्माण भएको प्राविधिक परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

    'उक्त अतिक्रमणका कारण निर्माण गरिएका टेवा पर्खाल (ग्याब्लियन वाल)सहितका अन्य संरचनामा पनि गम्भीर असर देखिएको छ,' सतर्कता केन्द्रका एक इन्जिनीयरले लोकान्तरसँग भने, 'खोलाको दायाँपट्टिको भागलाई अतिक्रमण गरी पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर पूर्वपट्टिको किनारालाई समेत गम्भीर क्षति पुर्‍याइएको छ ।'

    पुलको बहाव नै परिवर्तन गर्नेगरी अतिक्रमण गरेर बनाइएको संरचनाले पुल नै खतरामा परेको उनले बताए ।

    'उक्त अतिक्रमणलाई नियन्त्रण तथा रोकथाम गरिएन भने पुल नै भत्किने जोखिम छ,' उनले थपे, 'पुलका पाइलहरू खोस्रिँदै गएका छन् । पुलको जग नै जोखिममा आइसकेको छ ।'

    ढुंगाको गेभियन पर्खालको लोकेशन नमिल्ने ठाउँमा राखिएको छ । परिणामस्वरूप पानीको बहावको दिशाभित्र नै ती पर्खाल बनाइएकाले पुलको अन्य संरचनामा समेत जोखिम बढेको प्राविधिक परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

    सडक विभागको पुल महाशाखाअन्तर्गत अरनिको राजमार्गमा निर्मित ३३ वटा पुलको मर्मतसम्भार गर्ने ठेक्कामा राष्ट्रिय सतर्कता केन्द्रले प्राविधिक परीक्षण गरेको हो, जसअन्तर्गत हनुमन्ते खोलाको पुल जोखिम पूर्ण अवस्थामा रहेको केन्द्रको प्राविधिक परीक्षण प्रतिवेदनबाट खुलेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट