Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

प्रधानमन्त्री प्रचण्ड र फिल्मकर्मीबिच भेटघाट

प्रधानमन्त्री प्रचण्ड र फिल्मकर्मीबिच भेटघाट

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सशस्त्र युद्धको गहिरो अध्ययन गरेर फिल्म बन्नुपर्ने बताएका छन् । फिल्म ‘जेलब्रेक’ को युनिटसँग भेट्दै उनले सो कुरा बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    फिल्म युनिटले ‘प्रचण्ड’ लाई बालुवाटार पुगेर भेटेका थिए ।  भेटमा फिल्म युनिटको तर्फबाट निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, नेकपा (विप्लव समूह) की नेतृ उमा भुजेल र फिल्म लेखक विकास सुवेदी सहभागी थिए । 

    AGNI GROUP

    दशक लामो सशस्त्र द्वन्द्वको घटनामाथि फिल्म बनाउन अनुसन्धान लेखनको काम चलिरहेकाले रिसर्चका लागि प्रचण्डलाई भेटेको लेखक सुवेदीले बताए । ‘उहाँ जनयुद्धको कमान्डर भएकाले उहाँसँग जोडिएको कुरा बुझ्न पुगेका थियौ’, सुवेदीले थपे– ‘सो अवसरमा फिल्मका बिभिन्न विषयमा पनि कुराकानी भयो ।’

    तत्कालीन माओवादी लडाकु समेत रहेकी उमा भुजेलले गोर्खा जेल ब्रेकको घटनाबारे लेखेको पुस्तकमाथि फिल्म बन्न लागेको हो । फिल्मलाई देउजाले निर्देशन गर्दैछन् । फिल्मको लेखन सकिएपछि कलाकार छनौट हुनेछ । फिल्ममा नयाँ तथा पुराना कलाकार रहने बताइन्छ । cg2.webp

    Prachanda-.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट