Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सोमबार नै स्वदेश फर्किने भएका छन्। आफू विदेशमा रहँदा आफू नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन गरिएपछि उनी स्वदेश फर्किन लागेका हुन्। यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन गत वैशाख १५ गते अमेरिका प्रस्थान गरेका उनी मंगलबार मात्रै स्वदेश फर्किने कार्यतालिका थियो।
यतिबेला भने उनी कतारमा छन्। कतारमा दुई दिने कार्यक्रम रहेकोमा उनी त्यसलाई छोट्याएर फर्किन लागेका हुन्। उनी सोमबार राति ११/१२ बजेतिर नेपालमा ओर्लिने उनको सचिवालयले नेपाल भ्युजलाई जानकारी दिएको छ।
आइतबार मात्रै अशोक राई नेतृत्वको एउटा समूहले नेपाल समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij