Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

गर्मी छल्न नरपानी जाने कि ?

गर्मी छल्न नरपानी जाने कि ?

  • काठमाडौं अर्घाखाँची : नरपानी डाँडा चिसो हावा र पानीले प्रशिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरू देख्न पाइने हुँदा नेपाल तथा भारतबाट यहाँ धेरै पर्यटक आउने गर्छन् । पछिल्लो समय यहाँ भारत तथा नेपालका तराईका जिल्लाबाट आउने  पर्यटकको संख्या पनि वृद्धि भएको छ ।  गर्मी छल्न अहिले तराईका जिल्ला तथा भारतका उत्तर प्रदेश,विहार विभिन्न क्षेत्रबाट मानिसहरू आउने गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    तातो क्षेत्रबाट यस स्थानमा आएपछि चिसो हावा र चिसो पानीका साथै चिसो वातावरणमा रम्न पाउदा घुम्न आउने पर्यटकहरू पनि प्रफुल्लित हुने गरेका छन् । नेपालका कपिलवस्तु, रुपन्देही, दांग,नवलपरासी, बाँके,नवलपुरबाट गर्मी छल्न आउनेहरूको भीड लाग्ने गरेको छ।

    AGNI GROUP

    पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख पिकनिक स्थलको रुपमा विकसित हुँदै गएको छ । गत  वर्षदेखि दैनिक रुपमा १०  देखि ५० वटा समूहहरु आउने गर्दछन् । शनिबारको दिन यहाँ झन्डैं ५० देखि एक सय समूह आउने गरेको वडा अध्यक्ष श्रीधर महत्राले बताए ।

    महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिंगेबाट ५० किलोमिटरको दुरीमा नरपानी पर्छ । गोरुसिंगे सनिधखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरू बढि आउने गरेका छन् । सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठा,पाठी चढाउन आउने र देउरालीमा चढाएका पाठा,पाठीहरु लिएर नरपानीमा वनभोज खाने गर्दछन् ।

    यहाँ वरिपरि हरियाली डाँडा छ । बीचमा समथर भू-भाग पनि रहेको छ । भविष्यमा पनि  यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा  विश्वास लिइएको सन्धिखर्क नगरपालिकाका प्रमुह प्रशासकीय अधिकृत खुमलाल भुसालले बताएका छन् । 

    सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाक्कल गरे समस्या टर्ने विश्वास छ । 

    विगतका वर्षहरूमा दैनिक दुई सयदेखि एक हजार जनाले  दर्शन तथा पूजा आजा गर्ने गरेकोमा अहिले आएर दैनिक  पाँच सयदेखि तीन हजार जनासम्मले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितका सचिव हरि खनालले बताए ।

    मन्दिर दर्शन गर्न अर्घाखाँची,कपिलवस्तु,दाङ्ग,प्युठान,गुल्मी,रुपन्देहीबाट पर्यटक आउने गर्छन्  । भारतको उत्तर प्रदेश,विहारबाट समेत पर्यटक सुपा देउरालीको दर्शन गर्न आउने गरेका छन् । यो नेपालकै प्रसिद्ध मन्दिर बन्दै गएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताएक छन् । 

    मन्दिर जान केवुलकार र साहसिक पदमार्ग बनाउन सके  यहाँ पर्यटनबाट राम्रो आम्दानी लिन सकिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट