Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदन अवैधानिक भनेको छ ।
पार्टी विभाजनबारे सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जसपाले अवैधानिक निवेदनको आधारमा दल विभाजन नहुने बताएको छ ।
‘…हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दल प्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ-आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ ।’ प्रवक्ता मनिषकुमार सुमनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij