Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट

फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट

  • काठमाडौं । फोनपे, नेपालको अग्रणी भुक्तानी सञ्चालक पे नेप प्राइभेट लिमिटेड (मोरू डिजिटल वालेट) लाई आफ्नो सञ्जालमा समावेश गरेको छ । मोरू डिजिटल वालेट, फोनपे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरू डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरू डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोनपे र मोरू डिजिटल वालेटका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    AGNI GROUP

    यस अन्तर–आबद्धताको साथमा, सम्पूर्ण मोरू डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अबस्थित नेपालभरका झण्डै चौध लाख व्यवसायी स्टोरहरूमा सहज रूपमा किफायती, सुविधाजनक र सुरक्षित क्युआर भुक्तानी गर्न सक्नेछन् ।

    फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाका भने, 'हामी मोरू डिजिटल वालेटलाई हाम्रो बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी छौं । यो साझेदारीले  हाम्रा प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नको लागि सदैब तत्पर रहने हाम्रो दृष्टिकोणलाई दर्साएको छ,' उनले भने । 

    मोरू डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले भने, 'हामी फोनपेसँग आबद्ध हुदै फोनपे नेटवर्कमा अवस्थित हुनुभएका देशभरका १४ लाख व्यवसायीहरू माझ, मोरू डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुँच पुर्‍याउन पाउँदा अत्यन्तै खुसी छौं । प्रयोगकर्ताहरूले यो साझेदारीको साथ अन्य फोनपे सेवाहरूबाट पनि लाभ उठाउन सक्नेछन् ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट