Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाण्डाै – भक्तपुर दरबार क्षेत्रमा रहेको भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थँथु दरबारको शिलान्यास भएको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सोमवार एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन तीन सय ४६ वर्ष पुरानो थँथु दरबारको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै उहाँले भक्तपुर दरबार क्षेत्रमा रहेको ९९ चोक उत्खननको विषयलाई निरन्तरता दिँदै लानुपर्नेमा जोड दिँदै पुराना संरचनाहरू बलियो भए पनि धेरै वर्ष पुरानो हुँदा स–साना भूकम्पले पनि क्षति पुर्याउनेतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा थँथु दरबार पुनर्निर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सम्पदा पुनर्निर्माणमा मौलिक स्वरूप कायम गर्न स्थानीयबाट गठित उपभोक्ता समितिलाई नै पुनर्निर्माणको जिम्मेवारी दिने कानुन निर्माण हुनु आवश्यक भएको बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij