Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । वैशाख २६ गतेदेखि भृकुटीमण्डपमा १७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मेलाको उद्घाटन गरेका थिए ।

मेलाका मुख्य आकर्षणहरूमा लघु घरेलु तथा साना उद्यमीहरूद्धारा उत्पादित एवं छरिएर रहेका मौलिक वस्तुहरूको प्रदर्शनी रहेको छ । यसैगरी महिला उद्यमीहरूद्धारा उत्पादित वस्तुहरूको छुटै प्याभिलियन मार्फत प्रदर्शनी गरिएको छ ।

२५० वटा स्टल रहेको प्रदर्शनीमा ५औं राष्ट्रिय मह मेला समेत आयोजना गरिएको छ । प्रदर्शनी यही वैशाख ३० गतेसम्म चल्नेछ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij