Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । ग्यास चुहावट भएर घरमा आगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि अनिदोमै रात कटाउन बाध्य भएको छ ।
दिउँसो तातो हावासँगै चल्ने ‘लु’ र साँझका बेला आउने हावाहुरीले त्रिपालमुनि बस्न ठगुन्ना परिवारलाई सकस छ । “हावाहुरी आउने क्रमजारी छ”, जयभानकी श्रीमती ममता ठगुन्नाले भने, “हावाहुरीसँगै पानी पर्ला जस्तो पनि छ, त्रिपाल हावाहुरीले उडाउला भन्ने चिन्ता छ,
भएको सबै सम्पत्ति आगलागीमै गुम्यो, बालबालिकालाई जोगाउनकै लागि रात अनिदोमै काटिने गरेको छ ।” नेपाल रेडक्रस उपशाखा झलारीले उपलब्ध गराएको त्रिपालमुनि एक सातादेखि ठगुन्ना परिवार बस्दै आएको छ ।
नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलबहादुर ऐर आगलगाीबाट पीडित भएका परिवारलाई सबैको सहयोगको खाँचो रहेको बताउँछन् । “आगलागीबाट आपत्मा परेको परिवारलाई पुनःस्थापन गराउनका लागि सहयोग गरौँ”, उनले भने, “नजिकको सरकार भनेकै नगरपालिका हो, जिम्मेवार बनेर विपत्मा परेका परिवारलाई सहयोग गर्नुपर्छ ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij