Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ट्रक चालक पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ट्रक चालक पक्राउ

  • काठमाडौं । सल्यानमा १४ वर्षीया नाबालिका बलात्कार गरेको आरोपमा एक जना ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको वनगाउँड कुपिन्डे नगरपालिका–९ का २८ वर्षीय ट्रक चालक वीरबहादुर डाँगी रहेका छन ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार वैशाख २६ गते डाँगी पक्राउ परेका हुन् । 

    AGNI GROUP

    डाँगीमाथि कक्षा–९ मा अध्ययनरत १४ वर्षीया एक बालिकालाई वैशाख १० गते राति ११ बजे सामान ल्याइदिएको छु भन्दै ललाइफकाइ जंगलमा पुर्‍याइ बलात्कार गरेको ब्यहोरा इलाका प्रहरी कार्यालय लुहाममा पीडितले किटानी जाहेरी दिएकी छन् । 

    प्रहरीका अनुसार पीडित बालिकाका बुवाआमा दुबै जना रोजगारीका लागि विदेशमा छन् । त्रिवेणी गाउँपालिकाकी ती बालिकालाई ट्रक चालकले आउजाउ गर्ने क्रममा चिनजान भएको र सोही आधारमा भान्जी भन्ने गर्थे ।

    ‘भान्जी तिम्लाई सामान किनेर ल्याइदिएको छु भनेर ललाइफकाइ गरी पीडितको घर नजिकको जंगलमा पुर्‍याइ बलात्कार गरेको भन्ने उजुरी छ,’ प्रहरी निरीक्षक धमलाले भने ।

    उनी विवाहित हुन् ।

    जिल्ला अदालत सल्यानले घटना अनुसन्धान गर्न डाँगीलाई बिहीबार पहिलो पटक चार दिनको म्याद दिएको छ । डाँगी इलाका प्रहरी कार्यालय लुहामको प्रहरी हिरासतमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट