Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

प्रधानमन्त्री दाहाल र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री दाहाल र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल

  • काठमाडौं :   कांग्रेसले निरन्तर संसद् अवरोध गर्ने भएपछि सभामुखले मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउन राष्ट्रपतिलाई आह्वान गरेको दिन बैठक बोलाएका छन्। सोहि विषयका सन्दर्भमा पनि सोमबार कांग्रेसको संसदीय दलको बैठकमा छलफल गर्ने पदाधिकारी बैठकले निर्णय गरेको छ। 

    onlinepatrika
    Arghakhachi

      जेठ १ गते सरकारले नीति तथा कार्यक्रम ल्याउँदै  छन्  ।  सरकारले ल्याउने नीति तथा कार्यक्रम संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन् । 

    AGNI GROUP

    बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले संसद्को गतिरोध अन्त्यका लागि सभापति देउवालाई आग्रह गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई अडान छाडेर सहमतिका लागि पहल गर्न आग्रह गर्दै आएका छन् । सरकारले कांग्रेसलाई समग्र समस्याग्रस्त सहकारी छानबिन गर्न आयोग गठन गरेर ‘फेस सेभिङ’ र दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रस्ताव गरेको छ।

    संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी छन् ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट