Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

  • काठमाडौं ।  जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरू आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

    AGNI GROUP

    काम गरेका महिनौँ हुँदा समेत आफूहरूले पारिश्रमिक नपाउँदा  बाध्य भएर आन्दोलित हुनुपरेको बैतडी अस्पतालका डा हरिश्चन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूहरू बिरामीको सेवामा अहोरात्र खटिँदासमेत मन्त्रालयले रकम भुक्तानी गरेको छैन ।”

    चिकित्सक बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीलेसमेत अतिरिक्त सेवा बापतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डा धीरज जैसवालले बताउनुभयो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट