Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । समुदायबीचका विभेद, अनमेल, असमानता आदि अन्त्य गरी आन्तरिक एकता मजबुद बनाउँदै समृद्धिको यात्रा गर्नुपर्छ।
नेपालको लोकतान्त्रिक व्यवस्थाका आदर्श व्यक्तित्व बीपी कोइराला भन्थे– ‘साम्यवादमा लोकतन्त्र थपिदिए (लोकतान्त्रिक) समाजवाद हुन्छ र समाजवादमा लोकतन्त्र झिकिदिए साम्यवाद बन्छ।
’ उनको त्यो व्याख्या लोकतान्त्रिक समाजवादको सन्दर्भमा थियो। नेपालको भू–राजनीतिक इतिहासमा दुई राजा पृथ्वीनारायण र महेन्द्र शाहबाहेक आदर्शवान् जनताको सन्तान बीपी हुन्। यद्यपि यी तीनै जनाको पक्ष–विपक्षमा नागरिक मत भने यथेष्ट विभाजित छ।
धेरै हदसम्म भ्रम र विवादित नै भए पनि नेपाली समाजमा ‘बीपीको समाजवाद’ भन्ने मान्यताले निकै गहिरो सम्बन्ध स्थापित गरेको देखिन्छ।
आजको युगमा नेपाली कांग्रेस र कुनै लोकतन्त्रवादी शक्ति मात्रै नभई वामपन्थी, कम्युनिस्ट शक्तिहरू र पूर्वदरबारियाहरू समेत बीपीका विचारलाई आदर्श वा मार्ग निर्देशक सिद्धान्त मान्न लज्जाबोध गर्दैनन्।
नेपाली राजनीतिको सुदूर भविष्यसम्मै बीपी आदर्श जीवन्त रहने सम्भावना यथावत् छ। तथापि यस लेखमा पंक्तिकारले पाठकलाई खोजेको बाटो भने अलि भिन्न छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij