Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सहकारी सम्बन्धी संसदीय छानबिन समितिले राजनीतिक दलसँग सुझाव माग्ने

सहकारी सम्बन्धी संसदीय छानबिन समितिले राजनीतिक दलसँग सुझाव माग्ने

  • काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोगको संसदीय विशेष छानबिन समितिले राजनीतिक दलहरूसँग लिखित सुझाव माग्ने भएको छ। 
    समितिको आठौं बैठकले राजनीतिक दलसँग समाधानका उपाय र बुझाइ सम्बन्धी लिखित सुझाव माग्ने निर्णय भएको समिति सभापति सूर्य थापाले जानकारी दिए। 

    onlinepatrika
    Arghakhachi

    ‘हामीले सहकारी क्षेत्रसँग सम्बन्धित खासगरी प्रतिनिधि सभाले हामीलाई प्रदान गरेको चार बुँदे कार्यादेशमा केन्द्रित भएर यो क्षेत्रका समस्या समाधान गर्नका निम्ति प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने, राष्ट्रिय राजनीतिक मान्यता प्राप्त दलहरूलाई समस्याको बुझाइ र समाधानका उपायहरू लिखित रूपमा उपलब्ध गराउनुहुन पत्राचार गर्ने निर्णय भएको छ,’ उनले भने।

    AGNI GROUP

    आठौं बैठकमा समितिले सहकारी समस्या र समाधानका उपाय पत्ता लगाउन विभिन्न निकायसँग छलफल र सुझाव लिने काम गरिरहेको थापाले बताए। 

    ‘सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको आठौं बैठक, सहकारी समस्याका बारेमा र समाधानको उपाय पत्ता लगाउने सम्बन्धमा जानकारी लिने हाम्रो शिलशिला मंगलबार (आज) पनि जारी रह्यो,’ उनले भने।

    समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड, र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीहरू र कर्मचारीहरूसँग छलफल गरेको हो। 

    समितिको अर्को बैठक असार २० गते बस्ने पनि निर्णय भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट