Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीस्थित चौधर नदीमा आएको बाढीले नहर फुटाएको छ। बेलडाँडी गाउँपालिका–५ स्थित गणेश मावि भुर्सा नजिकै चौधर नदीमा आएको बाढीले शिवनगरमा मेन नहर फुटेको हो।
नहर फुटेपछि चौधर नदीको पानी बस्तीमा पसिसकेको महाकाली सिँचाइ जल उपभोक्ता समितीका केन्द्रिय अध्यक्ष भीमबहादुर थापाले बताए। अध्यक्ष थापाका अनुसार ईमिलिया, झिलमिला, बैवाह, चवन्नी, खौरिघाट र बेलौरी नगरपालिका भुडा, शिवनगर, सडघाटका गाउँ डुबानको जोखिममा छन्। थापाका अनुसार २०६५ सालमा बेलडाँडीमा चौधर नदी बस्तीमा पस्दा ठूलो क्षती पुगेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij