
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सब–इञ्जिनियर दीपेन्द्र कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर करारमा सव–इञ्जिनियरको जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
दीपेन्द्रले करारमा नियुक्ति लिँदा पेस गरेको सिभिल इञ्जिनियरको त्रिविको पश्चिम क्षेत्र क्याम्पस लामाचौर, पोखराको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र नक्कली भएको अख्तियारको ठहर छ ।
सोही प्रमाणपत्रका आधारमा नियुक्ति लिएर ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजायको मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij