Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

 संसदीय छानबिन विशेष समितिले सहकारीपीडितसँग आज छलफल गर्ने

 संसदीय छानबिन विशेष समितिले सहकारीपीडितसँग आज छलफल गर्ने

  • काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले बुधबार पीडितसँग छलफल गर्ने भएको छ। बैठकमा २९ वटै सहकारी र अरू पनि सहकारीका प्रतिनिधिमूलक पीडितलाई बोलाएको समितिले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    बैठक बिहान ११ बजे संसदको सार्वजनिक लेखा समितिको हलमा बस्ने समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए। उनका अनुसार समितिले एक महिनाको अवधिमा विभिन्न सरोकारवालासँग अन्तरक्रिया मात्रै गरेको छ। 

    AGNI GROUP

    बुधबारदेखि पीडितसँग छलफल गर्ने हुँदा समस्याको खोजी र समाधानका उपायबारे केन्द्रित हुने दाहालले बताए। छानबिन समितिले ३ महिनाको समय पाएको छ। 

    समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्थाबारे अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानूनबमोजिम प्रक्रिया पूरा भए/नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी  दिइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट