Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । कैलालीमा दुईजना व्यक्ति मृत भेटिएका छन् । टीकापुर नगरपालिका–१ र घोडाघोडी नगरपालिका–१ मा शुक्रबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका–१ विशालनगर बस्ने ६३ वर्षीय डम्बर टमटा मृत भेटिएको बताए ।बाटोमा एक्कासी ढलेर बेहोस भएका टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, बुधबारदेखि बेपत्ता घोडाघोडी नगरपालिका–१ बेलारका ६० वर्षीय मानबहादुर धामी मृत भेटिएका छन् । डीएसपी बोहोराका अनुसार धामी घोडाघोडीकै सितानगरको डोडा नदीको बीच भागमा अड्किएको अवस्थामा मृत भेटिएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij