Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोले मंलबार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केहीबेर अघिदेखि सञ्चालन भएको छ।
चाँगुनारायण–६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भने, ‘अहिले पहिरो पन्छाएर सडक खुलाइएको भए पनि यो सडकखण्डमा पहिरोको जोखिम कायमै छ।’ उनले पहिरोको जोखिममा सडक परेको भन्दै हालैको भीषण वर्षाका कारण चाँगुनारायण क्षेत्रका धेरै घर जोखिममा परेका र सडकमा पहिरो खस्ने, भासिने घटना बढिरहेका बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij