Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । विदेश पठाउने भनेर झण्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धरास्थित ओम इन्टरन्याशनल प्रालिका सञ्चालक गुनेशकुमार ठाकुरलाई पक्राउ गरेको हो। सिराहाको करजन्हा नगरपालिका–६ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने ठाकुरलाई इमाडोलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक एसपी काजीकुमार आचार्यले बताए।
ठाकुरले रविन्द्र सापकोटासँग साझेदारी गरेर ओम इन्टरन्याशनल प्रालि चलाइरहेका थिए। उनले यूएई, कतार, साउदी अरब, मलेशिया र कुवेत पठाउने भनेर युवाबाट रकम लिएको पाइएको एसपी आचार्यले बताए।
विदेश पठाउने भन्दै ठाकुरले ८५ युवाबाट रकम लिएको पाइएको छ। सबै गरेर एक करोड ९७ लाख १७ हजार रुपैयाँ ठगेको देखिएको एसपी आचार्यले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij