
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं। सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा एक सातादेखि बेपत्ता भएका दुई जना युवाको अझै पत्तो लाग्न सकेको छैन ।
रामेछापको मन्थली घर भएका युवाहरू कार्त्तिक १४ गतेबाट बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बेपत्ता हुनेमा मन्थली नगरपालिका १२ का २३ वर्षीय सागर खड्का र १७ वर्षीय सेवक खड्का रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक १४ गते बिहान ८ः ५० बजे सप्तकेशीम नदीको बगरमा झोला राखेर पौडी खेल्न पसेका थिए । पौडी खेल्ने क्रममा उनीहरूलाई नदीले बगाएको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न युनिटहरू खोजी कार्यमा परिचालित भएका छन् ।
बराहाक्षेत्रस्थित सप्तकोशी किनारमा उनीहरूका झोला र नागरिकता फेला परेको छ । झोलामा भेटिएको कागजताक अधारमा उनीहरूको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार सिसिटिभी फुटेजमा दुवै युवक पौडी खेल्दै गरेको र केही तल पुगेपछि नदीमै बेपत्ता भएको देखिएको छ । सशस्त्र प्रहरीको प्रदेश विपद् व्यवस्थापन गोताखोर टोलीले बोटदेखि राजाबाससम्म खोजी गरे पनि फेला पार्न सकेको छैन । प्रहरीले कोशी ब्यारेजसँग समन्वय गरी भारतीय प्रहरीसँग समेत सम्पर्क गरी खोजी कार्य जारी राखेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij