Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

चेकजाँचका क्रमामा भागेको कार दुर्घटना !

चेकजाँचका क्रमामा भागेको कार दुर्घटना !

  • काठमाडौं । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कार सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा भागेको थियो ।

    जाँचकै क्रममा भागेको को२प १७३४ नम्बरको कारलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो ।

    चालक फरार रहेको उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको  ४२१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    कार र बरामद गाँजा थप कारबाहिका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij