Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि तस्करद्वारा ढुंगामुढा

सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि तस्करद्वारा ढुंगामुढा

  • काठमाडौं । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीमाथि तस्करहरूले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा ढुंगामुढा गरेका छन् ।

    images
    images
    images

    अवैध रुपमा चिनी ल्याएर भण्डारण गरी राखेको सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझाना पुगेको संयुक्त टोलीमाथि उनीहरुले आक्रमण गरेका हुन् ।

    images

    सो क्रममा संयुक्त टोलीले ११२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवल लैजाने क्रममा स्थानीयको सहयोगमा तस्करहरूले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेका थिए । ढुंगामुढाबाट दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् भने गाडीमा समेत क्षति पुगेको छ ।

    images

    रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरवितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij